दफा
प्रहरी कर्मचारीको नियुक्ति, बढुवा, बर्खासी र अन्य विभागीय सजाय
(१)राजपत्रांकित प्रहरी अधिकृतको नियुक्ति र बढुवा नेपाल सरकारबाट र अन्य मातहतदर्जाका प्रहरी कर्मचारीहरूको नियुक्ति र बढुवा प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्तमहानिरीक्षक, प्रहरी नायब महानिरीक्षक वा अञ्चल उपरीक्षकबाट तोकिएबमोजिमहुनेछ ।
(२) प्रहरी कर्मचारी नेपाल सरकारको इच्छा अनुसारको अवधिसम्म आफ्नो पदमा वहाल रहनेछन्।
(३) राजपत्रांकित प्रहरी अधिकृतलाई नेपाल सरकारले र अन्य मातहत दर्जाकाअधिकृत र जवानलाई तोकिएबमोजिम प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक वा अञ्चल उपरीक्षकले बर्खास्त गर्न, सेवाबाट हटाउन, दर्जा वा तलब घटाउन वा अरू सजाय गर्न सक्नेछ ।
(४) मातहत दर्जाका प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालन गर्दा असावधानी वा लापरवाही गरेमा वा कुनै कर्तव्य पालन गर्नबाट बच्नको लागि आफूले केही गरी सो कर्तव्य पालन गर्न अयोग्य भएमा वा अनुशासन भंग गरेमा वा अन्यथा अनुचित आचारण गरेमा निजलाई तोकिएको अधिकृतले बर्खास्त गर्न, सेवाबाट हटाउन, दर्जा वा तलब घटाउन वा आवश्यक सम्झे तोकिएबमोजिम देहायको सजाय गर्न सक्नेछ :
(क) एक महिनाको तलबसम्म जरिबाना गर्ने ।
(ख) सजायको कवाज, थप गार्ड वा फ्याटिग (शारीरिक थकाई हुने)वा अरू ड्यूटी गराई वा नगराई १५ दिनसम्म क्वार्टरमानजरबन्द राख्ने ।
तर यो खण्डमा लेखिएको सजाय कुनै अधिकृतलाई दिनसकिने छैन ।
(ग) महत्वपूर्ण जिम्मेवारीको पदबाट हटाउने वा विशेष तलब भत्तापाएको झिक्ने ।